राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित « Khabarhub

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित भएको छ । 

सभाको आजको बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राखेको उक्त ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।
 
त्यसअघि बैठकमा प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीका तर्फबाट कानुन मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।
 
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू डा वेदुराम भुसाल, सुमित्रा विसी र रुक्मिणी कोइरालाले भाग लिएका थिए  । सो छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धानलगायत विभिन्न आयामलाई सम्बोधन गर्न उक्त ऐनको आवश्यकता भएको स्पष्ट पारे  ।
 
राष्ट्रियसभाको अर्को बैठक यही माघ २६ गते सोमबार अपराह्न १ः१५ बजे बस्नेछ ।
 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ०२ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन