कांग्रेसको अगुवाइमा नागरिक अधिकार पाएका हौँ : सङ्ग्रौला « Khabarhub

कांग्रेसको अगुवाइमा नागरिक अधिकार पाएका हौँ : सङ्ग्रौला


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाटन– राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक अधिकार प्राप्त भएको धारणा राखेका छन् । 

‘बद्लियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराका साथ आज नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयक कार्यक्रममा सङ्ग्रौलाले नेपालमा नागरिक अधिकारको प्राप्ति हुनु अगाडि नै नेपाली कांग्रेसको जन्म भएको हो र नेपाली कांग्रेसले मात्रै नागरिक अधिकारका लागि सत्ता स्वार्थलाई टाढै राखेर योगदान गरेको उल्लेख गरे  । 

‘नेपाली कांग्रेसकै अगुवाइमा नागरिक अधिकार र लोकतान्त्र प्राप्त भएको हो, कांग्रेसको स्वार्थ नागरिक अधिकार लोकहित हो, नेपाली कांग्रेसमा लोकतान्त्रिक अभ्यास र भिन्न मत राख्ने अवसर र परम्परा छ, कांग्रेस उदारवाद लोकतान्त्रिक पार्टी हो’, उनले भने । उनले विशेष महाधिवेशनले पार्टीलाई नयाँ बनाएको उल्लेख गर्दै अबको नयाँ नेतृत्वले के गर्छ भनेर परिणाममा हेर्नुपर्ने बताए । 

‘गगन र विश्वप्रकाशको नेतृत्वमा भएको परिवर्तन जेन-जी आन्दोलनको परकम्प हो, राजनीतिमा गगन र विश्वप्रकाशलाई मैले गुरु मान्नुपर्छ, गगन र विश्वप्रकाशको अग्रगमनमा नेपाली कांग्रेस नयाँ भएको छ’, उनले भने ।
 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ३२ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन