राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत « Khabarhub

राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।
       
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको उक्त विधेयकका सम्बन्धमा प्रतिवेदन पेस गर्न निर्देशन दिए ।
 
मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । 

राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा छ । संसदीय प्रक्रिया पूरा भएपछि सो विधेयक फिर्ता हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ५४ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर