भ्रष्टाचार मुद्दामा थुनिएका अधिकारीलाई सर्वोच्चले पनि छोड्न मानेन « Khabarhub

भ्रष्टाचार मुद्दामा थुनिएका अधिकारीलाई सर्वोच्चले पनि छोड्न मानेन


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा थुनामा परेका नेपाल नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई सर्वोच्च अदालतले पनि थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई धरौटीमा थुनामुक्त गर्न शुक्रबार अस्वीकार गरेको हो ।

यससँगै महानिर्देशक अधिकारीले थुनामै बस्नुपर्ने भएको छ। विशेष अदालतको आदेशसँगै उनी अहिले डिल्ली बजार कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

विशेषले थुनामा पठाउने गरी यसअघि दिएको आदेशलाई सर्वोच्चले सदर गरेसँगै अधिकारीको जेल बसाइ लम्बिएको छ।  

गत मंसिर २१ गते उनलाई विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले थुनामा राख्न आदेश दिएको थियो। विशेषको उक्त आदेशविरुद्ध अधिकारी गत पुस २१ गते सर्वोच्च गएका थिए ।

भक्तपुरको नालिन्चोक हेलीप्याड निर्माणको  क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ करोड ५७ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

अख्तियारले अधिकारीसहित क्यानकै पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि बुधबार नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको थियो । अधिकारीले पोखरा विमानस्थल निर्माणमा भएको हिनामिना प्रकरणमा भने धरौटीको राहत पाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ५ : ५७ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली