‘पत्रकारले देश र जनताका पक्षमा निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनु पर्छ’ « Khabarhub

‘पत्रकारले देश र जनताका पक्षमा निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनु पर्छ’


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पत्रकारले देश र जनताका पक्षमा उभिएर निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्ने बताएका छन् ।

आज भक्तपुरमा रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रममा उनले भने, ‘पत्रकारले देश र जनताको पक्षमा बोल्न र लेख्न हिचकिचाउन हुँदैन, देश र जनताको पक्षमा उभिएर निर्भीकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्छ । पत्रकार कुनै न कुनै राजनीतिक दलमा आबद्ध हुन्छन् तर समाचार निष्पक्ष हुनुपर्छ, दल देखिनु हुँदैन ।’

अध्यक्ष बिजुक्छेले आफूले राजनीतिक जीवन सुरु गर्दाका बेलामा आफूले समीक्षा साप्ताहिकमा आर्थिक विषयमा समाचार लेख्दा सम्पादक मदनमणि दीक्षितले दिएको प्रेरणास्पद क्षण स्मरण गरे । 

पत्रकारहरूले संसारका सामाजिक, आर्थिक र राजनीतिक क्रान्तिका विषयमा उजागर गर्ने गरेको स्मरण गर्दै अध्यक्ष बिजुक्छेले आफू पत्रकारिता क्षेत्रमा रहँदा राजनीतिक दलको गतिविधि रिपोर्टिङ गर्न जाँदा तत्कालीन समयमा प्रहरीको लाठी प्रहार सहनुपरेको बताए । ‘पत्रकारले इमान्दार भएर आफ्नो कर्तव्य पूरा गरेमा समाजलाई सुदृढ गर्न सकिन्छ’, उनले भने ।

अध्यक्ष बिजुक्छेले पत्रकारहरूले नै रुसी क्रान्ति, दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थितिको प्रकाश पारेर संसारलाई जानकारी गराएको उल्लेख गरे । 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : १५ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी