पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न « Khabarhub

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यभन्दा दुई महिनाअघि नै सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको पोखरेबगर–घार–चित्रे सडक योजनामार्फत प्रतिस्पर्धामा छनोट भएको निर्माण कम्पनीले काम थालेको दुई महिनामै सम्पन्न गरेको हो ।

विसं २०८२ चैत ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित गत मङ्सिर २८ गते रु ३६ लाख १८ हजार ३४३ मा ठेक्का सम्झौता गरेको एसएस विल्डर्स प्रालिले यसै हप्ता काम सम्पन्न गरेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए । घारको बिरौटा चोकदेखि भुन्या खण्डमा यसअघि सोलिङ भएको ठाउँमा ३०० मिटर आरसिसी ढलान गरिएको उनले बताए । 

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर र घोडेपानी जोड्ने यो सडक पोखरादेखि मुस्ताङ जोड्ने वैकल्पिक पनि हो । 

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले सडक ढलान भएपछि स्थानीयवासीका साथै घोडेपानी–पुनहिल घुम्न आउने पर्यटकलाई सहज भएको बताए । 

निर्माण व्यवसायीले पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यभन्दा अगाडि नै सडक निर्माण गरेको वडाध्यक्ष खड्काले बताए । 

पोखरेबगरदेखि घोडेपानी जोड्ने २१ किलोमिटर दूरीको यो सडक अन्नपूर्ण गाउँपालिका–५ र ६ का बासिन्दाका साथै घोडेपानी–पुनहिल घुम्न आउने पर्यटकहरूले प्रयोग गर्छन् । घोडेपानीदेखि कास्कीको उल्लेरी बिरेठाँटी हुँदै मध्यपहाडी लोकमार्गको नयाँपुलसम्म पनि सडकको मार्ग खुलेको छ । 

गण्डकी प्रदेश सरकारमार्फत पोखरेबगर–घोडेपानी सडकको चित्रे–घोडेपानी खण्डको तीन किलोमिटरमा फराकिलो पार्ने, नाली र टेवा पर्खाल बनाएर स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ ।

पोखरेबगर–बिरौटा खण्डको कुरमुनी र लुलिया घुम्तीको पहिरो प्रभावित क्षेत्रमा पहिरो रोकथाम र सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन गरेको थियो । 

स्थानीय पूर्वाधार आयोजना कास्कीअन्तर्गतको उक्त योजनाको बजेट सरकारले रोक्का गरेकाले कार्यान्वयन प्रक्रिया अघि नबढेको र पहल भइरहेको वडाध्यक्ष खड्काले बताए ।

उक्त सडकको घोप्टेखर्कमा पहिरोका कारण साँघुरिएको सडकमा गाउँपालिकाले कुनातर्फ पर्खाल निर्माण गरेर फराकिलो पारि यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ६ : ०६ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी