उपेन्द्रको दाबी : जनताको मत र जीतको असली हकदार हामी हौँ « Khabarhub

उपेन्द्रको दाबी : जनताको मत र जीतको असली हकदार हामी हौँ


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभाको निर्वाचनमा जनताको मत र जीतको असली हकदार आफूहरू मात्रै भएको दाबी गरेका छन् ।

मधेश जनविद्रोहको ऐतिहासिक स्वामित्व, निरन्तरको संघर्ष र सीमान्तकृत जनता केन्द्रीत एजेन्डाको हिसाबले मधेशमा जसपा नेपाल मात्रै जनताको मत र जीतको वास्तविक हकदार रहेको दाबी गरेका हुन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ७, स्थित इटहरीमा शुक्रवार आयोजित चुनावी छलफल तथा भेटघाटको क्रममा अध्यक्ष यादवले भने, ‘कठोर सङ्घर्ष गरेरै अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल हो, त्यसैले बाँकी अधिकारप्राप्तिका लागि जनताको मतको असली हकदार हामी नै हौँ ।’

मधेश जनविद्रोहबाटै मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको आरक्षण र प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै उनले अबको लडाई अधिकार र विकासका लागि हुने बताए ।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले शोषित उत्पीडित जनताको अधिकारप्राप्तिका आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिँदै जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र विकासीय बजेट विनियोजन आवश्यक रहेको बताए ।

मधेशमा अझै अशिक्षा एवम् चरम गरिबी ब्याप्त रहेको बताउँदै अध्यक्ष यादवले भने, ‘जनसङ्ख्याको आधारमा हाम्रो भागेदारी आवश्यक छ, सङ्घीय संरचनामा प्रदेशहरु त स्थापना भयो तर अधिकार छैन, त्यसैले अधिकारसम्पन्न प्रदेश अब हामी बनाउँछौं ।’

तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल हालको जसपा नेपालको नेतृत्वमा सङ्घर्ष हुनुअघिको अवस्थाबारे उनले सम्बोधनमा स्मरण गराए ।

‘सरकारी कार्यालयहरूमा मधेशी अनुहार नगन्यजस्तै थियो तर अहिले तिनमा मधेशी चेहरा देखिन थालेको छ, यतिमात्रै होइन, सेना–पुलिस लगायतका सुरक्षा अङ्गमासमेत समावेशिता र प्रतिनिधित्व देखिन थालेको छ, यो मधेश विद्रोहकै देन हो’, उनले भने ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ७ : ०७ बजे

ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले

काभ्रेपलाञ्चो– लगातार विजयी भइरहे पनि आफूलाई चुनौती दिएको भन्दै नेकपा

कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित

अत्तरिया– प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा राष्ट्रिय

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह