साहित्यकार सूबसेनका पाँच कृति लोकार्पण « Khabarhub

साहित्यकार सूबसेनका पाँच कृति लोकार्पण


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका पुराना प्रशासक, संविधानसभा सदस्य एवं साहित्यकार सूर्यबहादुर सेन (सूबसेन) वलीका नयाँ पाँच कृति लोकार्पण गरिएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रमा सूबसेनका ‘व्यक्ति एकः दृष्टिमा अनेक’, ‘विश्वश्याम’, ‘उमा–गौरी’, ‘असाधारण मुमाबुवाको साधारण छोरा’ र ‘हस्ताक्षर भूमिका सङ्ग्रह’ विमोचन गरियो ।

नेपाल  प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति गङ्गाप्रसाद उपे्रती, प्रा डा रामदयाल राकेश, साहित्यकार रामप्रसाद पन्त, डा भागवत ढकाल, साहित्यकारद्वय ठाकुरप्रसाद शर्मा र भागिरथी श्रेष्ठले ती कृति विमोचन गरे । ‘व्यक्ति एकः दृष्टिमा अनेक’ कृति लेखकको लेखनमाथिको टिप्पणी सङ्ग्रह हो भने उमा–गौरी सांस्कृतिक उपन्यासका रुपमा रहेको छ ।

शिवश्याम तराई मधेसका विषयवस्तु र घटना समेटिएको सामाजिक उपन्यास हो भने असाधारण मुमाबुवाको साधारण छोरा कृति संस्मरण ग्रन्थकारुपमा रहेको छ । 

हस्ताक्षर भूमिका सङ्ग्रह भने सूबसेनका बारेमा साहित्यकार सूर्यविक्रम ज्ञावली, डा जगदिशचन्द्र रेग्मी, डा रामदयाल राकेश, डा टीकाराम पन्थी, डा तारानाथ शर्मा, डा रामकुमार पाँडे, गङ्गाप्रसाद उप्रेती, डा माणिकलाल श्रेष्ठ, अशेष मल्ललगायतको हस्ताक्षरसहितका लेख र टिप्पणी समावेश छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ७ : १० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार