धनुषामा युवती मृत फेला « Khabarhub

धनुषामा युवती मृत फेला


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक युवती मृत फेला परेकी छन्।

शुक्रबार सडकछेउमा युवतीको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोली शव नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाइएको छ।

मृतकको सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले बताए। ‘शवको सनाखत गर्न अहिलेसम्म कोही पनि आएको छैन,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा टाउकोमा चोट लागेको अवस्थाले कुटपिट गरी हत्या गरिएको देखिन्छ।’

अन्दाजी २५ वर्षीया युवतीबारे थप जानकारी प्राप्त नभएको उनले बताए। प्रहरीले मृतकको पहिचानका लागि सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ४४ बजे

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला