धनुषामा युवती मृत फेला « Khabarhub

धनुषामा युवती मृत फेला


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक युवती मृत फेला परेकी छन्।

शुक्रबार सडकछेउमा युवतीको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोली शव नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाइएको छ।

मृतकको सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले बताए। ‘शवको सनाखत गर्न अहिलेसम्म कोही पनि आएको छैन,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा टाउकोमा चोट लागेको अवस्थाले कुटपिट गरी हत्या गरिएको देखिन्छ।’

अन्दाजी २५ वर्षीया युवतीबारे थप जानकारी प्राप्त नभएको उनले बताए। प्रहरीले मृतकको पहिचानका लागि सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ४४ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत