नवलपरासीमा कांग्रेसका २२ नेता–कार्यकर्तामाथि कारबाही सिफारिस « Khabarhub

नवलपरासीमा कांग्रेसका २२ नेता–कार्यकर्तामाथि कारबाही सिफारिस


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नेपाली कांग्रेस नवलपरासीको जिल्ला अनुशासन समितिले लुम्बिनी प्रदेशका मन्त्री र पूर्व गृहराज्य मन्त्रीसहित २२ जना नेता–कार्यकर्तामाथि कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

जिल्ला अनुशासन समितिका संयोजक गोबिन्द ढकालले केन्द्रीय समितिलाई पत्र पठाउँदै उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको जानकारी दिएका छन् ।

समितिका अनुसार निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने उद्देश्यले अन्य दलका उम्मेदवारका पक्षमा मत माग्दै हिँडेको आरोप उनीहरूमाथि लागेको छ ।

कारबाही सिफारिस गरिएकामध्ये लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री तथा महाधिवेशन प्रतिनिधि देवकरण कलवार, पूर्व गृहराज्यमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र क्षेत्र नम्बर २ का पार्टी सभापति माधव पाण्डे प्रमुख छन् । सूचीमा क्षेत्र नम्बर १ बाट १९ जना र क्षेत्र नम्बर २ बाट ३ जना गरी कुल २२ जना रहेका छन् ।

नवलपरासीमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट क्षेत्र नम्बर १ मा विनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा उम्मेदवार छन् ।

जिल्ला अनुशासन समितिले उम्मेदवारहरूले दिएको निवेदनका आधारमा अनुसन्धान गर्दा केही नेता–कार्यकर्ताले पार्टी हितविपरीत गतिविधि गर्दै अन्य दलका उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको र कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भएको देखिएको उल्लेख गरेको छ ।

समितिले पठाएको पत्रमा नेपाली कांग्रेसको विधानको दफा ३४ उपदफा (४) ‘ख’ बमोजिम पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ । उक्त दफामा निर्वाचनका क्रममा पार्टीका उम्मेदवारविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विरोध, असहयोग वा अन्य दलका उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेमा उम्मेदवारको रायसमेत लिएर तत्काल सदस्यता निलम्बन गर्न सकिने व्यवस्था रहेको छ ।

यसअघि कँडेल र भरत थापाले पार्टीबाट टिकट पाएका थिए । टिकट विवादका कारण विषय निर्वाचन आयोगसम्म पुगेपछि आयोगले भरत थापाको उम्मेदवारी कायम गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ४२ बजे

भक्तपुर-२ मा महेश बस्नेत अगाडि

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपानेको अग्रता, रवीन्द्र मिश्र तेस्रो

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु

काठमाडौँ-७ मा रास्वपाका पराजुलीको सुरुवाती अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१० को प्रारम्भिक नतिजामा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को मतगणना कार्य जारी

काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक मतगणनामा राष्ट्रिय