तनहुँमा ५१.७४ प्रतिशत मतदान « Khabarhub

तनहुँमा ५१.७४ प्रतिशत मतदान


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली (तनहुँ)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको छ । जिल्लामा बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा एक लाख ३१ हजार ६२० जनाले मतदान गरेको जानकारी दिए ।

लम्सालका अनुसार ७१ हजार ३६९ महिला र ६० हजार २५१ जना पुरुषले मतदान गरेका छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा ५५ प्रतिशत मत खसेको थियो । तनहुँ क्षेत्र नं १ अन्तर्गतका मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र क्षेत्र नं २ अन्तर्गतका मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालय दुलेगौडामा सङ्कलन भइरहेको छ ।

क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नं २ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ । सबै मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए । तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी २७ उम्मेदवार प्रतिस्पर्धामा छन्।

तनहुँ क्षेत्र नं १ मा १६ र क्षेत्र नं २ मा ११ जना उम्मेदवार चुनावी दौडमा छन्। जिल्लामा १४४ मतदानस्थल र ३०९ मतदान केन्द्र छन् । क्षेत्र नं १ मा ६९ मतदानस्थल र १५३ मतदान केन्द्र तथा क्षेत्र नं २ मा ७५ मतदानस्थल र १५६ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता थिए ।

त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ तर्फ एक लाख २७ हजार ५१५ मतदाता कायम भएका छन् ।

क्षेत्र नं १ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ । क्षेत्र नं २ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८०२ रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ४० बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा