जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल « Khabarhub

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३० केजी चामल प्राप्त गरेका छन् ।  

जन्मतर्फ ५५८ र मुत्युतर्फ ३४६ जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिए ।

त्यस्तै मोटा चामल लिनेमा जन्मतर्फ ५०९, मुत्युतर्फ ४९ जना रहेका छन् । कार्यालयका अनुसार जिरो मसिनो चामल लिनेमा जन्मतर्फ ३११ र मुत्युतर्फ ३५ जना रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख जोशीको भनाइ छ ।

जन्म र मृत्यु हुँदा गत आवमा रु १९ लाख ७२ हजार बराबरको २७१ क्विन्टल चामल वितरण भएको छ । चामल उपलब्ध गराउँदा ज्यालामा भने चार लाख २८ हजार ५०० खर्च भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख जोशीले बताए।

उक्त अनुदानको चामल लिनेलाई यातायात खर्च दिने गरेको छ  । जसमध्ये जन्मतर्फ २२० जनालाई एक हजार, ३८० जनालाई ५०० र मृत्युतर्फ १९ जनालाई एक हजार र ३५ जनालाई ५०० यातायात खर्च प्रदान गरिएको छ ।

यसैगरी हिमा, सिंजा, तिला र कनकासुन्दरी गाउँपालिका स्थानीयले चामलसहित एक हजार यातायात खर्च पाउने गरेका छन् । 

तातोपानी, गुठीचौर, पाताराासीका र चन्दनाथ नगरपालिका स्थानीयलाई ५०० यतायात खर्च दिने व्यवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले जनाएको छ ।

सो सुविधा लिनका लागि ३५ दिनभित्र जन्मको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र वडाको सिफारिस आवश्यक पर्छ भने मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपि आवश्यक हुने खाद्य कम्पनी जुम्लाले जनाएको छ ।

विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्यु हुँदा प्रतिपरिवार निःशुल्क ३० किलो चामल दिने घोषणा गरेको थियो । हाल खाद्य कम्पनीमा एक हजार ९०० क्विन्टल खाद्यान्नको चामल मौज्दात रहेको जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  २ : २६ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका