रवि पछि परेपनि रास्वपाको बलियो अग्रता « Khabarhub

रवि पछि परेपनि रास्वपाको बलियो अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले देशका विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली अग्रता हासिल गरेका छन्। विशेष गरी काठमाडौँका अधिकांश क्षेत्र र कास्कीमा रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन्।

यद्यपि रास्वपा सभापति रवि लामिछाने भने एमालेका प्रतिस्पर्धीसँग पछि परेका छन् । पछिल्लो मतगणना अनुसार नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ३२५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनलाई सभापति लामिछानेले २१२ मतका साथ पछ्याइरहेका छन्।

काठमाडौँ क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु न्यौपानेले २६१४ मतसहित अग्रतालाई निकै बलियो बनाएकी छिन्। त्यस्तै, क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ ३२९० मतका साथ निकै अगाडि छन्। क्षेत्र नम्बर ७ मा गणेश पराजुलीले १४८१ मत प्राप्त गर्दा क्षेत्र नम्बर ५ मा सस्मित पोखरेलले १४२४ मतका साथ प्रतिस्पर्धालाई रोचक बनाएका छन्। क्षेत्र नम्बर १० मा प्रदिप विष्टले १२४३ र क्षेत्र नम्बर ४ मा पुकार बमले ८६२ मतसहित आफ्नो अग्रता सुरक्षित राखेका छन्।

कास्कीमा पनि रास्वपाको उपस्थिति बलियो देखिएको छ। क्षेत्र नम्बर २ मा उत्तम प्रसाद पौडेलले ५९९ मत प्राप्त गरेका छन् भने क्षेत्र नम्बर १ र ३ मा क्रमशः खडक राज पौडेल र बिना गुरुङले समान ३९८ मतका साथ प्रतिस्पर्धा गरिरहेका छन्।

तराईका जिल्लाहरूमा पनि रास्वपाले उत्साहजनक सुरुवात गरेको छ। बाँके क्षेत्र नम्बर १ मा सुरेश कुमार चौधरीले ९७४ मत प्राप्त गरेका छन्। कञ्चनपुर क्षेत्र नम्बर २ मा दिपक राज बोहरा ६३२ मतका साथ अगाडि बढिरहेका छन् भने क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र सिंह महताले ४७ मतका साथ खाता खोलेका छन्।

अहिले अधिकांश स्थानमा मतगणना जारी छ र प्रारम्भिक नतिजा अनुसार रास्वपाका उम्मेदवारहरूले धेरै ठाउँमा स्थापित पुराना दलहरूलाई कडा चुनौती दिइरहेका छन्। निर्वाचन अधिकृतका कार्यालयहरूले क्रमशः थप परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : ५३ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत