अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा-२ मा मतगणना सुरु हुन सकेन « Khabarhub

अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा-२ मा मतगणना सुरु हुन सकेन



स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९ वटा मतपत्र निर्वाचन अधिकृतको हस्ताक्षर बिनानै मत खसे भन्दै विवाद भएको हो ।

यो विषयमा निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट निर्णय नआएसम्म मतगणना नगर्ने नेपाली कांग्रेका चापाकोट नगरपालिका सभापति विक्रम सारुले बताए ।

‘राति २ बजे ५९ वटा मतपेटिका गणनास्थलमा सुरक्षित राखेका छौं । सर्वदलीय बैठक बस्नेक्रममा वालिङ नगरपालिकाको एक केन्द्रमा अधिकृतको हस्ताक्षर बिनाकै फर्जी मत खसाएकाले केन्द्रमा मेल पठाएका छौँ । त्यहाँबाट जतिबेला जे निणय आउँछ त्यही गर्छौ’, सारुले भने ।

निर्वाचन अधिकृत श्रीराम थापाले भने यो विषयमा राजनीतिक छलफल चलिरहेको बताए । ‘विवादको विषयमा छलफल गर्दैछौँ । कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा पुगेमा खबर गछौँ।’

अघिल्लो निर्वाचनमासमेत स्याङ्जा २ मा मतगणनामा विवाद भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ३६ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच