बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दा, मुलुक भयो रास्वपामय « Khabarhub

बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दा, मुलुक भयो रास्वपामय


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’लाई आगामी प्रधानमन्त्री रूपमा अघि सारेर निर्वाचनमा सहभागी हुँदा मुलुक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मय बन्न पुगेको छ ।

०७९ सालको निर्वाचन अघि स्थापना गरिएको रास्वपा उक्त पार्टीको सभापति धेरै काण्डमा फस्दै गएपछि निकै कमजोर बन्न पुगेकोमा यस निर्वाचनअघि काठमाडौंका चर्चित मेयर बालेन सो पार्टीमा प्रवेश गरेसँगै मुलुक रास्वपामय बन्न पुगेको हो ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको प्रारम्भिक मतगणनामा अधिकांश स्थानमा रास्वपाले लिड गरेको छ भने अन्य पुराना मुलधारका पार्टी धेरै पछाडि परेका छन् । शुक्रबार बिहान साढे १० बजेसम्म प्रारम्भिक नतिजा अनुसार रास्वपाले ४६ वटा स्थानमा अग्रता हासिल गरेको छ भने नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले क्रमशः ५, ४ र ३ स्थानमा मात्रै अग्रता हासिल गरेका छन् ।

त्यस्तै, अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र अन्य पार्टीले १ स्थानमा मात्रै अग्रता लिएका छन् ।

यस संसदीय निर्वाचन अघि नै रास्वपाले आगामी सरकारको नेतृत्व बालेनले गर्ने भनेर औपचारिक निर्णय गरिसकेको छ । रास्वपाको सो निर्णयसँगै देशदेखि विदेशसम्मका ठूलो संख्याका नेपालीले रास्वपामाथि व्यापक समर्थनको सुरुवात गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : ४० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन