ऋषिलाई पत्याएनन् मतदाताले, घण्टीले २ हजार कटाउँदा, मोबाइलमा ९ मत « Khabarhub

ऋषिलाई पत्याएनन् मतदाताले, घण्टीले २ हजार कटाउँदा, मोबाइलमा ९ मत


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित पत्रकार ऋषि धमला फिल्म निर्माणपछि राजनीतिमा पनि फ्लप हुने देखिएको छ।

रौतहट क्षेत्र नम्बर ४ मा मतगणना जारी रहँदा धमलाले नमिठो हार व्यहोर्ने देखिएको छ। ताजा अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता बनउँदा आमजनता पार्टीका ऋषिले दोहोरो अंक पनि कटाउन सकेका छैनन्।

हालसम्म त्यहाँ ३ हजार ८ सय २६ मत गनिसकेको अवस्थामा रास्वपा उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ५ मत पाइसकेका छन् । त्यहाँ दोस्रो स्थानमा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना छन् । जसलाई ६ सय ९२ मत मिलेको छ। उता नेकपाको तारा चिह्नमा ६ सय ३७ मत आएको छ।

यस्तो अवस्थामा प्रभु साह नेतृत्वको आम जनता पार्टीको मोबाइल चिह्नबाट उठेका ऋषिले केबल ९ मत ल्याएका छन् । सामाजिक सञ्जालमा बहुतै चर्चा पाए पनि ऋषिलाई सबै उमेर समूहका मतदाताले नपत्याएको उनले अहिलेसम्म पाएको ९ मतले देखाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : १९ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र