मोरङ ६ मा शेखरलाई धक्का, रास्वपाकी आचार्यसँग भारी मतले पछाडि « Khabarhub

मोरङ ६ मा शेखरलाई धक्का, रास्वपाकी आचार्यसँग भारी मतले पछाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भारी मतले पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्यले फराकिलो मतले पछि पारेकी हुन् ।

हालसम्मको मतगणनाअनुसार आचार्यले ३ हजार ४२३ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ७२८ मत ल्याएका छन्।

त्यस्तै नेकपा (एमाले) का विनोद प्रसाद ढकालले ६२७ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले १५५ मत पाएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र कुमार रायले ११० मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार खडा नन्द रिजाल र किरण खडकाले भने हालसम्म मत प्राप्त गर्न सकेका छैनन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन