दोलखामा अझै सुरु हुन सकेन मतगणना, ३ बजेबाट सुरु गर्ने तयारी  « Khabarhub

दोलखामा अझै सुरु हुन सकेन मतगणना, ३ बजेबाट सुरु गर्ने तयारी 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य अझै सुरु भएको छैन । 

शुक्रबार बिहान ११ बजे बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेदेखि सुरु गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटमा दिउँसो ३ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

जिल्लामा १ लाख ७० हजार ३२१ मतदाता रहेकामा ८४ हजार ४८१ मत खसेको छ । मतदान गर्नेमा ४५ हजार ४५७ पुरुष र ३९ हजार २४ महिला रहेका छन् ।

एक निर्वाचन क्षेत्र रहेको दोलखामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

शान्तिपूर्ण रूपमा मत खसालेका यहाँका ८४ हजार बढी मतदाता कसले मार्ला बाजी भन्दै मतगणनाको पर्खाइमा रहेका छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ०६ बजे

एसीसी प्रिमियर कपको सेमिफाइनल : कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट