बलियो बहुमततिर रास्वपा : प्रत्यक्षतर्फका १०३ क्षेत्रमा अग्रता, समानुपातिकमा पनि उस्तै रूझान « Khabarhub

बलियो बहुमततिर रास्वपा : प्रत्यक्षतर्फका १०३ क्षेत्रमा अग्रता, समानुपातिकमा पनि उस्तै रूझान


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले एकछत्र उपस्थिति देखाउने निश्चित भएको छ।

बिहीबार एकैचरणमा भएको मतदानपछि अहिले देशभर मतगणना भइरहँदा यो निर्वाचन युवा ऊर्जा र परिवर्तनको चाहनासँग जोडिएको पुष्टि भएको छ।

मतगणना मध्यक्रममा पुगिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १०३ निर्वाचन क्षेत्रमा अग्रता बनाउँदै सहज बहुमततिर लम्किएको हो ।

रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ १०३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ। हालसम्म गणना भएका क्षेत्रहरूमा रास्वपाले सतक बढी क्षेत्रमा अग्रता बनाएर संसद्मा एकछत्र उपस्थिति देखाउन लागेको हो ।

रास्वपाले अबको केही घण्टामा यो अग्रता १२० भन्दा माथि पुर्‍याउने बलियो सम्भावना छ । यस पटकको चुनावी परिणामले पुराना शक्तिहरूलाई सुकेको ढोडमा परिणत गरिदिएको छ।

अहिलेसम्म नेपाली कांग्रेस मुस्ताङकफो १ सिटमा विजयी भएको छ । अन्य ११ क्षेत्रमा उसको अग्रता छ । नेकपा एमाले अहिले १० क्षेत्रमा अगाडि छ।

नेकपा भने ९ क्षेत्रमा अघि छ । श्रम संस्कृति पार्टीले २ क्षेत्रमा अग्रता लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले १/१ क्षेत्रमा अग्रता बनाएका छन् ।

अहिलेसम्म रास्वपा सभापति रवि लामिछाने चितवन २ मा फराकिलो अग्रता लिएर अघि बढिरहेका छन् । वरिष्ठ नेता बालेन शाह पनि झापा-५ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्दै गएका छन् ।

तनहुँ १ मा स्वर्णिम वाग्ले पनि बलियो देखिएका छन् । काठमाडौंका सबैजसो क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरू अगाडि छन् ।रञ्जु दर्शना काठमाडौं-१ मा विजयी भइसकेकी छन् । भक्तपुर, ललितपुर, मोरङ र झापामा रास्वपाको एकपक्षीय नतिजा देखिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ५९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन