रास्वपाको घण्टी बज्दा अधिकांश मधेशवादी नेता ‘रेडजोन’मा « Khabarhub

रास्वपाको घण्टी बज्दा अधिकांश मधेशवादी नेता ‘रेडजोन’मा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि आफूलाई तराई-मधेशबासीको ठेकेदारका रुपमा चिताउँदै आएका विभिन्न दलका नेताहरू फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित हुने दिशामा पुगेका छन् ।

प्रारम्भिक मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका नेता राजेन्द्र महतो, आम नता पार्टीका प्रभु साह लगायतका धेरै मधेशवादी नेता पराजित हुने देखिएको हो ।

प्रारम्भिक मतगणनाअनुसार सर्लाही २ का उम्मेदवार राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रतिस्पर्धाको तेस्रो स्थानमा छन् । मतगणनाअनुसार रास्वपाका रविन महतोले ४ हजार ४०६ मत ल्याउँदा तेस्रो स्थानका राजेन्द्र महतोले जम्मा ५६८ मत मात्रै ल्याएका छन् ।

सप्तरी ३ मा उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष यादव पनि चुनावी प्रतिस्पर्धामा पछाडि देखिएका छन् । प्रारम्भिक मतगणनामा उक्त क्षेत्रमा रास्वपाका अमरकान्त चौधरीले १ हजार २०४ मत ल्याउँदा यादवले ९७८ मत ल्यार पछ्याइरहेका छन् ।

माओवादी राजनीति छाडेर आफैँ मधेशको आधारलाई टेक्दै पार्टी निर्माण गरेका प्रभु साह पनि यसपटकको निर्वाचनमा पछाडि परेका छन् । रौतहट ४ का उम्मेदवार साह प्रारम्भिक मतगणनाअनुसार पाँचौँ स्थानमा छन् ।

जनता समाजवादी पार्टीका गोविन्द चौधरीले १८५ मत ल्याउँदा पाँचौँ स्थानमा रहेका साहले जम्मा २६ मत मात्रै ल्याएका छन् । उता तराई मधेश लोकतान्त्रि पार्टी हुँदै जसपामा मिसिएका महन्थ ठाकुर भने राष्ट्रिय सभामा गएर आफ्नो अस्तित्व जोगाउन सफल भएका छन् ।

त्यस्तै, पछिल्लो समयमा मधेशवादी राजनीतिबाट केन्द्रीय राजनीतिमा पकड जमाउँदै आएका हृदयश त्रिपाठी पनि पछाडि पर्ने देखिएको छ । पश्चिम नवलपरासी १ का उम्मेदवार त्रिपाठी प्रारम्भिक मतगणनामा चौथो स्थानमा छन् ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत उम्मेदवार रहेको सप्तरी २ मा शुक्रबार अबेरसम्म मतगणना सुरुवात भएको छैन । तर, उनीसम्बद्ध पार्टीका अधिकांश उम्मेदवार जितको दौडबाट परै छन् ।

यसका साथै, मधेशवादी राजनीतिमा लामो समयदेखि पकड जमाउँदै आएका अन्य धेरै नेता पनि यसपटको निर्वाचनमा जित दौडबाट बाहिर रहेको प्रारम्भिक मतगणनाको नतिजाले देखाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : ४९ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा