कैलालीका तीन क्षेत्रमा रास्वपा र एक–एक क्षेत्रमा एमाले र नेकपाको अग्रता « Khabarhub

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक–एक क्षेत्रमा एमाले र नेकपाको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले अग्रता बढाएकी छन् ।

सुरुदेखि नै अग्रस्थानमा रहेकी उनले नेपाली कांग्रेसका जनकराज चौधरीलाई पछि पार्दै तीन हजार ५०९ मत प्राप्त गरी अग्रता बढाएकी हुन्  । 

कांग्रेसका चौधरीले तीन हजार १७३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले एक हजार ५८७ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलाली क्षेत्र नं २ मा नेकपा (एमाले)का सूर्यबहादुर शाहले १ हजार २१६ मत प्राप्त गरी अग्रता बनाएका छन् । उनलाई नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले १ हजार ६ मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नन्दबहादुर साउदले ८११ मत प्राप्त गरेर पछ्याइरहेका छन् । 

क्षेत्र नं ३ को मतगणना परिणामअनुसार नेकपाका वीरमान चौधरी १ हजार ८१५ मत प्राप्त गरी अग्रता लिएका छन् । उनलाई रास्वपाका जगत जोशीले १ हजार ४१० मत र नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीले ९८१ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

क्षेत्र नं ४ को जारी मतगणनामा रास्वपाका खेमराज कोइरालले १८४ मत प्राप्त गरी सुरुआती अग्रता बनाएका छन् । उनलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्टले १३२ मत र नेकपा (एमाले)का लेखराज भट्ट १०६ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र) मा रास्वपाका आनन्दबहादुर चन्दले सुरुदेखि नै अग्रता कायम राखेका छन्  । पछिल्लो मतगणनाअनुसार उनले छ हजार ७३ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका नरनारायण शाहले दुई हजार ३४८ मत र नेकपा (एमाले)का यज्ञराज ढुङ्गानाले एक हजार ५२० मत प्राप्त गरी पछ्याइरहेका छन् ।
 

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ७ : ०३ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच