महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम « Khabarhub

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई पञ्चैबाजा बजाउने तालिम दिइएको छ ।

शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चैबाजा बजाउने तालिम दिइएको हो । एक महिनासम्म सञ्चालन भएको तालिममा १६ महिला सहभागी थिए । उनीहरुलाई बाजा बजाउन सिकाइएको सिकाई केन्द्रका परिचालक सीता कुँवर थापाले बताइन् ।

विवाह, ब्रतबन्ध, छेवरलगायत शुभकार्यमा पञ्चैबाजा बजाउन बाहिरदेखि वाद्यवादक ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन वृद्धिका लागि पञ्चैबाजा बजाउने तालिम सञ्चालन गरिएको सिकाई केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताए ।

तालिमका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले एक लाख ७० हजार रुपैयाँ अनुदान प्रदान गरेको थियो । पञ्चैबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नाल समावेश हुन्छन् ।

सीप सिकेकालाई व्यावसायिक रूपमा बाजा बनाउने पेसामा आबद्ध गराउन एक सेट बाजा पनि उपलब्ध गराइएको वडा अध्यक्ष अणबहादुर खड्काले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ६ : ०२ बजे

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज