सरकारलाई नेकपा सांसदको सुझाव : एक्सनमा जाओस्, स्टन्ट गरेर समय बर्बाद नगरोस् « Khabarhub

सरकारलाई नेकपा सांसदको सुझाव : एक्सनमा जाओस्, स्टन्ट गरेर समय बर्बाद नगरोस्


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको सोमबारको बैठकमा युवराज दुलाल ले संसद् र सरकारको भूमिकाबारे कडा टिप्पणी गरेका छन्।

सिन्धुपाल्चोक–२ बाट निर्वाचित नेकपा सांसद दुलालले संसद्लाई कहिलेकाहीँ ‘गफ गर्ने अखडा’ जस्तो बनाइएको टिप्पणी गर्दै संसद्मा कानुन निर्माण हुने भए पनि बहुमतका आधारमा ‘पेल्ने’ प्रवृत्ति देखिएको बताए।

उनले दल त्यागेर जिम्मेवारी लिँदा सत्यको आवाज पनि सुन्नुपर्ने धारणा राख्दै संसद्मा गम्भीर बहस आवश्यक रहेको उल्लेख गरे।

त्यसै क्रममा उनले जनजीवनसँग जोडिएको समस्यातर्फ ध्यानाकर्षण गराउँदै भने, ‘कि सरकारले हामीलाई लगेर पालोस्, कि त बाँदर नियन्त्रण गरोस्।’

सांसद दुलालले सरकारलाई प्रभावकारी काम गर्न आग्रह गर्दै स्टन्टबाजीमा समय खर्च नगर्न चेतावनी दिए।

‘संसद्बाट बहुमतका आधारमा पेल्ने पनि गरिन्छ। दल त्यागेर गरिमामय जिम्मेवारी लिँदै गर्दा सत्यको आवाज पनि सुन्नुस्’, उनले सभामुख डीपी अर्याललाई भने, ‘सरकार एक्सनमा जाओस् तर स्टन्ट गरेर समय बर्बाद नगरोस् ।’

उनले बाँदरको समस्या पनि संसद्मा सुनाए। ‘कृषकहरू सरकारले कि त हामीलाई लगेर पालोस् कि त बाँदरलाई नियन्त्रण गरोस् भनिरहेका छन्’, उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : २८ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि