सरकारबारे एमालेको अडान : कडा निगरानीसहित खरबदारी गरिरहन्छौँ « Khabarhub

सरकारबारे एमालेको अडान : कडा निगरानीसहित खरबदारी गरिरहन्छौँ


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारको खबरदारी गरिरहने बताएको छ।

एमालेले संसद्मार्फत् सरकारको काममाथि कडा निगरानीसहित खबरदारी गर्दै अघि बढ्ने जनाएको हो। संघीय संसद् सचिवालयले सोमबार डाकेको सर्वदलीय बैठकमा एमाले सरकारबारे कडा रवैया अपनाउने जनाउ दिएको हो ।

उक्त बैठकपछि एमाले सांसद गुरू बरालले विधिको शासन र कानुन कार्यान्वयनमा प्रश्न उठे एमालेले संसद्‍बाट सशक्त आवाज उठाउने जानकारी दिए ।

‘जहाँ कानुनको उल्लंघन भएर विधिको शासनमा प्रश्न उठ्छ, त्यहाँ हामी चुप लागेर बस्दैनौँ, संसद्मार्फत् सरकारको निगरानी र खबरदारी गर्छौँ’, उनले भने ।

एमाले नेतासमेत रहेका बरालले नागरिकका मौलिक र राजनीतिक अधिकार प्रयोगमा सरकारले हस्तक्षेप गरे संसद्बाट कडा प्रतिवाद गर्ने बताए ।

एमालेले संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न प्रतिपक्षीका रुपमा सरकारलाई निरन्तर ‘चेक एण्ड ब्यालेन्स’को नीतिसहित खबरदारी गरिरहने जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : ४१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको