खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा « Khabarhub

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको सोमबार बसेको हिन्दू अधिराज्य र राजसंस्थाको विषय उठाएकी छन्।

प्रतिनिधि सभा बैठकमा पहिलो पटक बोल्ने क्रममा उनले राप्रपाको पुरानै लाइन उठाएकी हुन्।

‘हिन्दू राज्य र राजसंस्था जनतालाई नसोधी हटाइएको थियो। सभामुख महोदय, एक पटक जनतालाई सोधौँ, हिन्दू राज्य र राजसंस्था चाहिन्छ चाहिँदैन?’, उनले यी दुई संस्थाबारे जनमत संग्रह गर्नुपर्ने संकेतसहित भनिन् ।

राप्रपा नेतृसमेत रहेकी उनले वालेन्द्र शाह नेतृत्वको सरकारले आइतबार मात्रै स्वीकारेको ९० मिलियन ऋणबारे पनि कडा टिप्पणी गरेकी छन् ।

उनले बालेन सरकारको उक्त कदमबारे संसद्मा छलफल नै नगरी चालिएकोमा आपत्ति जनाएकी छन् ।

‘संसदीय समिति नबनेको, उपसमिति नरहेको बेलामा सरकारले ऋण के आधारमा स्वीकार गरेको हो ?’, उनले सोधिन्, ‘त्यो रिक्वेस्टेट ऋण हो कि प्रस्ताव गरिएको थियो ? संसद्मा छलफल नै नगरी यसरी विदेशी सहयोग स्वीकार गर्दा सरकारको भूमिकामाथि प्रश्न उठ्छ।’

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : ४६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली