‘सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्छ’ « Khabarhub

‘सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्छ’


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद दुलालले सदनलाई कतिपय अवस्थामा बहुमतको आधारमा पेल्ने एउटा थलोको रूपमा देखिएको भन्दै अव सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।

उनले देशमा मौलाउँदै गरेको भ्रष्टाचार, विकृति, बिसंगतिका विरुद्ध गरेको विद्रोह गरेको भन्दै उनीहरूको चाहना अनुसार देशलाई अघि बढाउनुपर्नेमा जोड दिए । संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने संकल्प गरेको भन्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने उनले बताए । 

उनले सरकारले स्टन्ड गरेर समय खेल फाले नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था नआउने उल्लेख गरे । उनले देश र जनताको आवश्यकताका आधारमा संविधान संशोधनका लागि अघि बढ्नुपर्ने समेत बताए  । 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  २ : २५ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली