रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन « Khabarhub

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन सुरु भएको छ । सम्मेलनको विश्वविद्यालयका उपकुलपति डा शारदा थपलियाले उद्घाटन गरेकी हुन् । उपकुलपति डा थपलियाले मौरीपालक किसानका लागि सम्मेलन फलदायी हुने बताइन् ।

विश्वविद्यालयले शिक्षणसहित प्रविधि र प्रसारका क्षेत्रमा हरेक वर्ष विभिन्न किसिमका कार्यक्रम गर्दै आएको उनले बताइन् । त्यसैको निरन्तरतास्वरुप यस वर्ष मौरी सम्मेलन गरिएको भन्दै उनले मौरीपालनमा देखिने समस्या समाधान गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुस्करबहादुर पाल, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल, अन्तर्राष्ट्रिय मौरी अनुसन्धान केन्द्रका प्रा डा फेनी हटजिना, विश्वविद्यालयका कृषि सङ्कायका डीन डा अर्जुनकुमार श्रेष्ठलगायतले अहिले मौरीपालनमा देखिएका समस्या र समाधानका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

आजदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपालसहित १९ देशका ७० विज्ञसहित २५० जनाको सहभागिता रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्काय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग र नेपाल मौरीपालक महासङ्घको संयुक्त आयोजनामा सो सम्मेलन सुरु भएको हो ।

सम्मेलनका सदस्य सचिव विश्वविद्यालयका उपप्रध्यापक डा केदार देवकोटाका अनुसार सम्मेलनमा चार विधामा ४१ कार्यपत्र प्रस्तुत गरिने छन् । उनका अनुसार सम्मेलनमा मौरीपालन, एपि थेरापी, परागसेचन र मौरीसँग सम्बन्धित रोग तथा किरा व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुतका साथै छलफल हुनेछ ।

सम्मेलनमा नेपालसहित भारत, थाइल्याण्ड, चीन, कोरिया, अमेरिका, क्यानडा, हङ्गेरी, स्विडेन, स्टोनिया, बङ्गलादेश, श्रीलङ्कालगायतका देशबाट विषयविज्ञ तथा कृषकको सहभागिता रहेको छ । सम्मेलनमा अनुसन्धानकर्ता, प्राध्यापक, व्यावसायिक रुपमा लामो समयसम्म अन्तर्राष्ट्रियस्तरमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाका विज्ञ, किसानलगायत सहभागी छन् ।

सम्मेलनका अवसरमा मह प्रदर्शनी तथा मेलाको समेत आयोजना गरिएको छ । यहाँ आठ कक्ष रहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ३ : ०१ बजे

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’

वर्षौंदेखि अलपत्र परेका सडकका ठेक्का तोडिँदै

दोधारा चाँदनी- लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

महेन्द्रनगर– सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य