इरानलाई ‘नर्क’ बनाउने ट्रम्पको चेतावनीबीच वार्ता : यस्तो छ युद्धविरामको तत्कालीन र दीर्घकालीन प्रस्ताव « Khabarhub

इरानलाई ‘नर्क’ बनाउने ट्रम्पको चेतावनीबीच वार्ता : यस्तो छ युद्धविरामको तत्कालीन र दीर्घकालीन प्रस्ताव


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

तेहरान– अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व निर्णायक चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ३६ दिनदेखि जारी युद्धमा दुवै पक्षले तनाव घटाउने प्रस्तावित ढाँचामा छलफल गरिरहँदा मानिसको हताहती रोकिएको छैन।

यो प्रस्तावले तत्काल युद्धविरामबाट सुरू गरेर दीर्घकालीन समाधानतर्फ वार्ताको दुई चरणको बाटो तयार पार्ने बताइएको छ। तर गहिरो अविश्वास र विरोधाभासी रणनीतिक प्राथमिकताहरूले कुनै तत्काल मिल्ने सफलमाथि प्रश्न उठाएका छन् ।

संकटको पृष्ठभूमि

वर्तमान द्वन्द्व अमेरिका, इजरायल र इरानबीचको सैन्य टकरावका कारण उत्पन्न भएको हो। पछिल्ला हप्ताहरूमा वासिगटन र तेल अभिभले इरानी सैन्य, ऊर्जा र यातायात पूर्वाधारमा समन्वयात्मक हवाई हमला गरे। जसले इरानलाई पनि बदला पनि उक्साएको छ।

प्रतिक्रियास्वरूप तेहरानले आफ्नो सबैभन्दा महत्वपूर्ण रणनीतिक कदम चालेको छ । यसको उदाहरणका रुपमा स्ट्रेट अफ होर्मुजलाई ठप्प हुने गरी बन्द गरेको छ । यो मार्ग वैश्विक तेल र ग्यासको लगभग एक पाँचौँ हिस्सा ओसारिने साँघुरो समुद्री मार्ग हो। यो निर्णयले वैश्विक ऊर्जा बजारलाई झट्का दिएको छ । अर्कातिर मूल्य बढाएको छ, यो लम्बिँदै गए व्यापक आर्थिक प्रभावको डर बढाएको छ।

इरानले स्ट्रेटभन्दा बाहिर पनि आफ्नो प्रभाव विस्तार गरेको छ, जसमा इजरायली लक्ष्यहरू, अमेरिकी सैन्य शिविरहरू र खाडी क्षेत्रका प्रमुख ऊर्जा पूर्वाधारमा आक्रमण छन्। यी कार्यहरूको स्तर र भौगोलिक फैलावटले द्वन्द्वलाई क्षेत्रीय बनाउँदै लगेको छ। अमेरिका र इजरायलले चाहेजस्तो द्वन्द्व अब इरानमा मात्रै सीमित रहेन।

प्रस्तावित युद्धविराम ढाँचा

अहिले अघि सारिएको नयाँ प्रस्तावले ४५ दिनको युद्धविरामलाई केन्द्रमा राखेको छ, जसले तत्काल शत्रुतालाई रोक्ने र लामो समयको सम्झौताका लागि कूटनीतिक दबाब सिर्जना गर्ने लक्ष्य राखेको।

यो प्रस्तावमा वासिंगटन, तेहरान र क्षेत्रीय मध्यस्थकर्ताहरूबीच छलफल भइरहेको छ, जसमा पाकिस्तानी सैन्य प्रमुख आसिम मुनीरले पर्दा पछाडिबाट सञ्चार सहजीकरणमा उल्लेखनीय भूमिका खेलेका छन्।

मुनीर र अमेरिकी उपराष्ट्रपति जेडी भान्स, इरानी विदेशमन्त्री अब्बास अराकची जस्ता उच्च अधिकारीहरूबीच अहिले सम्पर्क भइरहेको छ।

तर तेहरानले प्रस्तावका मुख्य बुँदामा पहिले नै विरोध गरेको छ। सबैभन्दा महत्वपूर्ण, इरानले कुनै अस्थायी युद्धविरामको अंगका रूपमा स्ट्रेट अफ होर्मुज पुनः खोल्न अस्वीकार गरेको छ । इरानले यसलाई आफ्नो महत्वपूर्ण लाभको स्रोत मान्छ। इरानी अधिकारीहरूले बाहिरी रूपमा तोकिएका समयसीमालाई पनि अस्वीकार गरेका छन्, जसले दबाबमा आधारित कूटनीतिप्रति प्रतिरोध पुष्टि गरेको छ।

ट्रम्पको अस्थिर मुद्रा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा दबाबपूर्ण शैली अपनाएका छन्, जसमा इरानले मागहरू (विशेष गरी स्ट्रेट पुनः खोल्ने) पूरा नगरेमा गम्भीर सैन्य परिणामको चेतावनी दिएका छन्। उनको वक्तव्यले कूटनीतिक प्रस्तावहरूसँगै स्पष्ट धम्की मिसाएर दबाबमार्फत सम्झौता गर्न खोज्ने रणनीति देखाउँछ, न कि आपसी समझदारीबाट। उनले यदि भनेको नमाने इरानलाई नर्क बनाउने भन्दै गाली दिएका छन् ।

यो दृष्टिकोणले ठूलो जोखिम बोकेको छ। यसले छोटो अवधिमा वासिङ्गटनको सौदाबाजी स्थिति बलियो बनाउन सक्छ, उता इरानी नेताहरूलाई पनि घरेलु रूपमा कमजोर नदेखिने गरी सम्झौतातिर लैजान्छ। यस्ता संकटमा सार्वजनिक अल्टिमेटमहरूले अवस्थालाई सरल बनाउने भन्दा जटिलतातिर लान सक्छन् ।

स्ट्रेटको रणनीतिक महत्व

होर्मुज स्ट्रेटमाथिको नियन्त्रण यो द्वन्द्वको मुटुमा छ। इरानका लागि वैश्विक ऊर्जा प्रवाहलाई रोक्न क्षमताका रुपमा बलिया विरोधीहरूविरुद्ध शक्तिशाली उपकरण बनेको छ। भूगोलको लाभ उठाएर तेहरानले युद्धभूमिभन्दा बाहिर वैश्विक लागत बढाइदिने काम गरेको छ।

अमेरिका र यसका सहयोगीहरूका लागि स्ट्रेटबाट ऊर्जाको स्वतन्त्र प्रवाह सुनिश्चित गर्नु मुख्य रणनीतिक प्राथमिकता हो। कुनै लामो अवरोधले आर्थिक स्थिरतालाई मात्र प्रभावित गर्दैन, तर खाडीमा वासिङ्गटनको सुरक्षा ग्यारेन्टीको विश्वसनीयतालाई पनि चुनौती दिन्छ।

सम्भावना र जोखिम

प्रस्तावित सम्झौताको दुई-ट्र्याक प्रकृतिले तत्काल हिंसा रोक्न आवश्यक तर अपर्याप्त रहेको झल्काउँछ। स्पष्ट दीर्घकालीन समाधानबिना अस्थायी युद्धविरामले मात्रै थप तनावलाई कम गर्न नसक्ने अवस्था छ।

स्ट्रेटमार्फत लाभ कायम राख्ने इरानको अडान र अमेरिकाको पुनः खोल्ने मागसँग टकराव छ। यसैबीच, वार्ताका क्रममा निरन्तर सैन्य हमलाहरूले विश्वास कमजोर पार्न र सार्थक प्रगतिको सम्भावना घटाउन सक्ने चुनौती छ।

वर्तमान स्थितिले दबाबपूर्ण कूटनीतिक द्विविधालाई चित्रण गरेको छ। दुवै पक्ष बलियो स्थितिबाट वार्ता गर्न खोजिरहेका छन् । तर यो दृष्टिकोणले सम्झौतालाई अझ कठिन बनाउने अवस्था छ।

इरानको रणनीति स्ट्रेटमार्फत वैश्विक अर्थतन्त्रलाई लक्षित गर्नेछ । उसले द्वन्द्वलाई क्षेत्रीय रूपमा विस्तार गरेर विरोधीहरूका लागि लागत बढाउने र वार्तमा आफू अनुकूल स्थिति बनाउने योजना बनाएको छ।

अर्कोतर्फ, अमेरिकाले सैन्य दबाब र कूटनीतिक सङ्केत दुवै बढाएर छिटो सम्झौता गर्न खोजिरहेको छ। ट्रम्पको वक्तव्यले छोटो समयसीमाभित्र निर्णायक परिणामको प्राथमिकता देखाउँछ, तर यस्तो अवस्थाले युद्धको जटिल वास्तविकतासँग मेल खाइरहेको छैन ।

अहिले आश्चर्यजनकरुपमा पाकिस्तानको मध्यस्थालाई अमेरिकाले पनि स्वीकारेको छ। मध्यस्थको रूपमा काम गर्दा पाकिस्तानले आफ्नो कूटनीतिक प्रभाव बढाउन सक्छ । आफ्नै सुरक्षा तथा आर्थिक हितलाई प्रभावित गर्ने क्षेत्रको अस्थिरतालाई स्थिर पार्न सक्छ। तर यसको प्रभाव दुवै पक्षसँग विश्वसनीयता कायम राख्ने क्षमतामा निर्भर गर्नेछ।

अन्ततः, प्रस्तावको सफलता दुवै पक्षले आफ्नो अडानबाट क्रमिक सम्झौतातर्फ सर्न सकेमा मात्रै सम्भव छ। त्यो परिवर्तनबिना दुई-चरणका लागि तय गरिएको युद्धविरामको योजना अलपत्र पर्न सक्छ। जसले पश्चिम एसिया क्षेत्रलाई अझ व्यापक र विनाशकारी द्वन्द्वको किनारामा छोड्ने जोखिम छ।

प्रस्तावित दुई-चरण सम्झौता

१) तत्कालीन चरण

  • युद्धविराम तुरुन्त सुरू।
  • स्ट्रेट अफ होर्मुज तुरुन्त खुल्ने (वैश्विक तेलका लागि महत्वपूर्ण)।

२) फलोअप चरण (१५–२० दिन)

  • अन्तिम व्यापक शान्ति सम्झौता वार्ता।
  • अस्थायी रूपमा ‘इस्लामाबाद एकोर्ड’ नाम दिइएको।

अन्तिम सम्झौतामा समावेश हुन सक्ने :

  • इरानले आफ्नो आणविक कार्यक्रममा सीमा (हतियार नबनाउने)।
    यसको बदलामा:
  • प्रतिबन्धहरू खुकुलो बनाइने
  • रोक्का गरिएका सम्पत्ति फुकुवा गरिने
  • स्ट्रेट अफ होर्मुज सुरक्षामा क्षेत्रीय ढाँचा।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ४ : ०३ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो