वैतेश्वरले गर्‍यो सामुदायिक स्वास्थ्य कार्यक्रममा सम्झौता  « Khabarhub

वैतेश्वरले गर्‍यो सामुदायिक स्वास्थ्य कार्यक्रममा सम्झौता 


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले ग्रामीण र कुनाकाप्चाका आफ्ना नागरिकलाई घरदैलोमै सामुदायिक स्वास्थ्य सेवा उपलब्ध गराउन धुलिखेल अस्पताल र पोसिबल स्वास्थ्यसँग बुधबार सम्झौता गरेको छ । 

जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित र सबै नागरिकलाई स्वास्थ्य पहुँचमा जोड्न वार्षिक बजेट कार्यक्रममै समेट्ने गरी बुधबार सदरमुकाम चरिकोटमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

उक्त कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले वार्षिक १५ लाख बजेट विनियोजन गर्ने भएको छ।त्यसमा गाउँपालिकाले दुवै संस्थासँगको सम्झौता अनुसार सामुदायिक स्वास्थ्यकर्ता व्यवस्थापन गर्ने जनाएको छ ।

सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष छबि लामा, धुलिखेल अस्पतालका प्रमुख विराट आचार्य, पोसिबलका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

-सामुदायिक स्वास्थ्य कार्यक्रम पहुँचमा गर्भवती महिला 

 धुलिखेल अस्पताल र पोसिबलले २०७३ सालदेखि दोलखाका ४ वटा स्थानीयतहरुमा सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आफ्नै लगानीमा सामुदायिक स्वास्थ्यकर्ता खटाएर जिल्लाको भीमेश्वर नगरपालिका, वैतेश्वर, तामाकोशी तथा कालिन्चोक गाउँपालिकामा घरमै पुगेर सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रम अन्तर्गत अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ  नागरिक, गर्भवती महिला, हजार दिने आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्ने, स्वास्थ्य परामर्श दिने, प्रेसर चेकजाँच गर्ने, सर्ने र नसर्ने रोगको सन्दर्भमा परामर्श दिने, महामारी रोग नियन्त्रणमा सहयोग गर्ने। नियमित बालबालिका, किशोर-किशोरीदेखि ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण ,प्रवर्द्धन ,प्राथमिक उपचार र रेफर सेवा प्रदान गर्दै आएको धुलिखेल अस्पतालका जनस्वास्थ्य अधिकृत पवन न्यौपानेले बताए ।

त्यसैगरी उनले गर्भवती तथा सुत्केरी आमा-बच्चालाई नियमित भेटघाट गर्ने, ग्रामीण बस्तीमा पुगेर गर्भवती महिलामा अल्ट्रासाउन्ड प्रविधिबाट बच्चाको स्वास्थ्य अवस्था बुझ्ने गरेको बताए ।

अस्पतालले ४ पालिकामा ४४ जना सामुदायिक स्वास्थ्य कर्ता व्यवस्थापन गरेर गत वर्ष १४ हजार एकसय ३१ जनालाई घरभेट कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

अघिल्लो वर्ष सुत्केरी महिला तथा प्रजनन उमेरका महिलाहरूलाई ६० हजार पटक भेटघाट गरिएको बता ए।त्यसैगरी ६ सय ९४ जना सुत्केरी महिलालाई सामुदायिक स्वास्थ्य कार्यक्रममा जोडेको उल्लेख ग रे।

त्यसैगरी ग्रामीण बस्तीका ३ सय ४२ जना महिलाहरूको अल्ट्रासाउन्डबाट गर्भ जाँच गरिएको जानकारी दिए ।कार्यक्रमको सहजीकरण गर्दै पोसिबलकी डाक्टर सदिच्छा शर्माले अहिले ग्रामीण बस्तीमा पुगेर सकारात्मक स्वास्थ्य कार्यक्रम सेवा समेत सञ्चालन गरिरहेको बताइन ।

कार्यक्रममा कालिञ्चाेक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदी, कालिन्चोकका प्रमुख प्रशासकीय अधिकृत सन्जय शिवाकोटी र धुलिखेल अस्पतालका स्वास्थ्य चिकित्सकहरूले सामुदायिक स्वास्थ्य कार्यक्रमको औचित्यबारे आफ्नो धारणा व्यक्त गरेका थिए । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ७ : १४ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक