रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै (तालिकासहित) « Khabarhub

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै (तालिकासहित)


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीको संगठनात्मक नीति अनुरुप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम आज र भोलि जिल्ला अधिवेशनहरू हुने भएको हो ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार आज ३७ र भोलि २९ जिल्लाहरूको अधिवेशन सम्पन्न हुनेछन् ।

आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।

प्रथम महाधिवेशनको मिति असार ७ देखि ९ गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ ।

जेष्ठ २३ गते अधिवेशन हुने जिल्लाहरु
कोशी प्रदेश :
झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी ।

मधेश प्रदेश : महोत्तरी र रौतहट

बागमती प्रदेश : दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली ।

गण्डकी प्रदेश : स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी ।

लुम्बिनी प्रदेश : गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा ।

कर्णाली प्रदेश : कालिकोट र सल्यान तथा सुदुरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुला जिल्ला रहेका छन् ।

जेष्ठ २४ गते अधिवेशन हुने जिल्लाहरु
कोशी प्रदेश :
उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाम ।

मधेश प्रदेश : सिराहा, धनुषा, पर्सा र सर्लाही ।

बागमती प्रदेश : चितवन र ललितपुर ।

गण्डकी प्रदेश : तनहुँ, नवलपुर, गोरखा र लमजुङ ।

लुम्बिनी प्रदेश : अर्घाखाँची, रुपन्देही र प्युठान ।

कर्णाली प्रदेश : सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला ।

सुदुरपश्चिम प्रदेश : अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा

संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन भने जेष्ठ २६ गते हुने बुर्लाकोटीले जानकारी दिए ।

यस तालिका अनुसार पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ । योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात क्रमशः गर्नेछ ।

जेठ २६ गते देखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको छ। जेठ २६ गते पहिलो प्रदेश अधिवेशनको रुपमा बाग्मती प्रदेशबाट सुरु हुँदैछ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  १० : १९ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन