नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड « Khabarhub

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इस्लामावादस्थित नेपालको राजदूतावासले शुक्रबार ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव’ नाराका साथ एक कार्यक्रमको आयोजना गरी ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको सगरमाथा दिवससम्बन्धी विशेष भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा पाकिस्तानका लागि नेपालका राजदूत रिता धितालले सन् १९५३ मे २९ मा सगरमाथाको पहिलो सफल आरोहण भएको ऐतिहासिक दिनको स्मरण गर्दै सगरमाथा आरोहण असाधारण इच्छाशक्ति, सहनशीलता र सहकार्यको प्रतिफल भएको बताए ।

राजदूत धितालले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो वातावरणीय क्षयीकरण तथा हिमनदी पग्लिने समस्याप्रति चिन्ता व्यक्त गर्दै यसको सामना गर्न प्रभावकारी अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको बताए । उनले नेपालले सञ्चालन गरिरहेको ‘क्यास फर ट्र्यास’ सरसफाइ अभियानलगायत प्रयासको चर्चा गर्दै ‘नेपाल वेलनेस वर्ष–२०२७’ र ‘भिजिट नेपाल वर्ष–२०२८’ जस्ता महत्त्वपूर्ण पर्यटन अभियानमार्फत नेपाललाई दिगो तथा उच्च मूल्ययुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रमलाई प्रधानमन्त्रीका पर्यटन सल्लाहकार तथा राष्ट्रिय पर्यटन संयोजक सरदार यासिर इल्यास खान, पाकिस्तान पर्यटन विकास निगम (पीटीडीसी) का प्रबन्ध निर्देशक अफ्ताब उर रहमान राना तथा अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अरशदले पनि सम्बोधन गरेका थिए ।

उनीहरुले नेपाल र पाकिस्तानबीच पर्वतारोहण क्षेत्रका अनुभव र अभ्यास आदानप्रदानका साथै सहकार्य विस्तारमा को महत्वमाथि जोड दिएका थिए ।

त्यस अवसरमा राजदूत धितालले सगरमाथाको सफल आरोहण गरेका पाकिस्तानका चार जना आरोहीलाई सम्मान गरेका थिए । साथै,उनीहरूले आफ्ना आरोहण अनुभव सहभागीमाझ साझा गरेका थिए ।

दूतावासका काउन्सिलर पुरुषोत्तम ढुङ्गेलले नेपालको साहसिक पर्यटनका सम्भावनाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा विश्वका अग्ला हिमाल, हिमशृङ्खलाको मनोरम दृश्य तथा साहसिक पर्यटन गतिविधिसम्बन्धी श्रव्यदृश्य सामग्री प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा पाकिस्तानका सगरमाथा आरोही, उच्च सरकारी अधिकारी, विभिन्न देशका राजदूत तथा उच्चायुक्त, कूटनीतिज्ञ र पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ११ : २६ बजे

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका