रूस–युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी « Khabarhub

रूस–युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा ड्रोन खसालेको दाबी गरेको छ, जहाँ मस्कोले आफ्नो प्रमुख आर्थिक मञ्च सञ्चालन गरिरहेको छ । 

क्षेत्रीय गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले शनिबार टेलिग्राममार्फत जानकारी दिँदै २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) खसालिएको र सैन्य कारबाही जारी रहेको बताएका छन् ।

यसैबीच, बुधबार युक्रेनी ड्रोनहरूले सेन्ट पिटर्सबर्गस्थित एक तेल प्रशोधन केन्द्र र सैन्य अड्डालाई निशाना बनाएका थिए । उक्त घटना ‘रूसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु भएको पहिलो दिएका हुन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधन भएको एक दिनपछि सुरु भएको उक्त आर्थिक मञ्च शनिबार सम्पन्न हुँदैछ । यसै क्रममा, मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शनिबार मस्कोतर्फ उडिरहेका थप ९ युक्रेनी ड्रोन पनि रूसी वायु सुरक्षाले खसालेको छ

रूस र युक्रेनबीच पछिल्ला महिनाहरूमा एकअर्कामाथि ड्रोन आक्रमण तीव्र बनेको छ । अमेरिका नेतृत्वको कूटनीतिक प्रयास युद्ध अन्त्य गर्न असफल हुँदै गइरहेका बेला यी आक्रमणहरू बढिरहेका हुन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  १२ : ५९ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका