समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक « Khabarhub

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ । 

समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो ।

समितिले लालीगुराँस सहकारीका १३, सुमेरुका ३१, नेशनलनका ११, दर्शन सहकारीका ५४ र सिभिल सहकारीका पाँच ऋणीको नाम सार्वजनिक गरेको छ । समितिमा उपलब्ध ऋणीहरूको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिए । 

समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ ।
 

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  १ : ३० बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका