रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल « Khabarhub

रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल सुनचाँदी कला व्यवसायी संघको अधिवेशन उद्‌घाटन गर्दै उनले रोजगारीको अभावका कारण नेपालीहरू विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै उत्पादन र रोजगारीमूलक क्षेत्रको प्रवर्द्धनमा सरकारको विशेष ध्यान आवश्यक रहेको बताए।

पूर्वप्रधानमन्त्री नेपालले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उद्योग तथा व्यवसायलाई प्रोत्साहन गर्ने नीतिहरू अवलम्बन गर्नुपर्ने धारणा राखे ।

उनले स्वदेशमै उत्पादन वृद्धि गरी आन्तरिक उपभोगसँगै निर्यात विस्तार गर्न सके आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने आधार तयार हुने बताए। उत्पादन, उद्योग र व्यवसायको विस्तारबाट अर्थतन्त्र सुदृढ हुनुका साथै राजस्व संकलनमा पनि वृद्धि हुने उनको भनाइ थियो।

उनले उद्योगधन्दा फस्टाए नागरिकको आयस्तर र क्रयशक्ति बढ्ने उल्लेख गर्दै आर्थिक समृद्धिका लागि उत्पादनमूलक क्षेत्रको विकास अपरिहार्य रहेको बताए।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  २ : ४१ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका