परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख  विजय चौथीवालेबीच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।

नयाँदिल्लीस्थित नेपालको दूतावासका अनुसार भेटका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, राजनीतिक दलहरूबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशका जनताबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउने विषयमा छलफल भएको थियो।

भेटवार्तामा आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको र नेपाल–भारत सम्बन्धलाई बहुआयामिक रूपमा अघि बढाउने विषयमा समेत कुराकानी भएको दूतावासले जनाएको छ।

परराष्ट्रमन्त्री  शिशिर खनाल भारतीय विदेशमन्त्री एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन् ।

उनको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष, द्विपक्षीय सहकार्य तथा क्षेत्रीय चासोका विषयमा उच्चस्तरीय भेटघाट र छलफल जारी रहने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ३ : १३ बजे

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले