एसीसी महिला प्रिमियर कपमा नेपाल हङकङसँग ६९ रनले पराजित « Khabarhub

एसीसी महिला प्रिमियर कपमा नेपाल हङकङसँग ६९ रनले पराजित


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ।

मलेशियामा जारी प्रतियोगितामा हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ३ बलमा ४० रनमै समेटियो । नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

हङकङका लागि इकरा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । चान का र मार्यम बिबीले २-२ विकेट लिए । सिउ मेई र जोइलिन धलिवालको खातामा १-१ विकेट रह्यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो । हङकङका लागि यासमिन दसवानीले अविजित ४२ रन बनाइन् ।

मारिको हिलले २९ रन बनाइन् भने मारिना लाम्पलोह १८ रनमा अविजित रहिन् ।

नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेटको योगदान दिए । आजको नतिजाका बावजुद नेपाल क्‍वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ३ : ३१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल