सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ « Khabarhub

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन्।

आज धनगढीमा आयोजित ‘स्थानीय सरकार-अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्‌घाटन गर्दै उनले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताए । 

प्रदेश प्रमुख मियाँले भने, ‘यो प्रदेश जलस्रोत, वन जङ्गल र सुन्दरताका हिसाबले देशभरमै अग्रस्थानमा छ । सबै मिलेर काम गरेमा सिङ्गो देशले नै यहाँबाट लाभ लिनसक्छ । त्यसैले प्रदेश र स्थानीय सरकारकाले अरु सबैलाई साथमा लिएर काम गर्नुपर्छ ।’

उनले संविधानले नै तीन तहका सरकारले गर्ने काम प्रष्ट रूपमा छुट्याएको उल्लेख गर्दै सोहीअनुसार आफ्नो जिम्मेवारीमा रहेका काम गर्नुपर्नेमा जोड दिए । ‘नीय, प्रदेश र सङ्घीय सरकारले गर्ने कामबारे प्रष्ट व्यवस्था छ । त्यसको मर्मलाई आत्मसात गर्दै जिम्मेवारी पूरा गरेमा सङ्घीयतालाई सफल पार्न सकिन्छ । त्यसैले विकासका लागि हातेमालो गरौँ’, प्रदेश प्रमुख मियाँले भने। 

‘असल अभ्यास, आशाको सञ्चार’ नाराका साथ आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिमका ३० वटा स्थानीय तहका असल अभ्यासबारे जानकारी प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, प्रदेशका स्थानीय तह र युनिसेफको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।  

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ६ : ०३ बजे

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको