दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित « Khabarhub

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले उक्त क्षेत्रमा गम्भीर मानवीय तथा सुरक्षा संकट उत्पन्न भएको चेतावनी दिएको छ।

यूएनएचसीआरका अनुसार जोङ्लेई राज्यको अकोबो काउन्टीबाट मात्रै करिब एक लाख ४० हजार मानिस घरबार छाड्न बाध्य भएका छन्। सन् २०२५ को डिसेम्बरयता जोङ्लेई तथा छिमेकी राज्यहरूबाट तीन लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्।

सुरक्षाको खोजीमा करिब एक लाख मानिस छिमेकी इथियोपिया पुगेका छन्। प्रभावित क्षेत्रमा जनसङ्ख्याको निरन्तर आवागमन भइरहेकाले मानवीय अवस्था थप जटिल बन्दै गएको यूएनएचसीआरले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले अकोबो तथा आसपासका क्षेत्रमा आश्रय लिइरहेका परिवारहरू आगामी दिनमा अझ बढी जोखिममा पर्न सक्ने जनाएको छ। भारी वर्षा सुरु भएसँगै प्रभावित समुदाय बाह्य सहयोगबाट थप टाढिने, सङ्क्रामक रोगको जोखिम बढ्ने तथा राहत वितरण कार्यमा कठिनाइ उत्पन्न हुने चेतावनी दिइएको छ।

सन् २०११ मा स्वतन्त्र राष्ट्र बनेयता दक्षिण सुडान ले पटक–पटक सशस्त्र द्वन्द्व, व्यापक विस्थापन र जलवायुजन्य विपद्को सामना गर्दै आएको छ। हाल करिब २४ लाख दक्षिण सुडानी शरणार्थी छिमेकी मुलुकहरूमा बसोबास गरिरहेका छन् भने झन्डै २० लाख मानिस आफ्नै देशभित्र विस्थापित अवस्थामा रहेका छन्।

यसैबीच, सन् २०२३ को अप्रिलदेखि सुडान मा जारी युद्धका कारण दक्षिण सुडानले १३ लाखभन्दा बढी मानिसलाई आश्रय दिएको छ। तीमध्ये स्वदेश फर्किएका नागरिक, शरणार्थी तथा आश्रय खोज्ने व्यक्तिहरू रहेका छन्।

मानवीय निकायहरूले द्वन्द्व प्रभावित क्षेत्रमा तत्काल राहत, सुरक्षा र आधारभूत सहायता कार्यक्रम विस्तार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ६ : २७ बजे

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै  (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा

प्रचण्डको भनाइ स्मरण गर्दै रास्वपा सचेतक परियार भन्छन्- भुइँमा न भाँडोमा हुने छुट छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार