परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा मन्त्री खनालले भारत नेपालको सबैभन्दा महत्त्वपूर्ण साझेदार भएको भन्दै भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । मन्त्री खनालले दुई देशबीचको सहकार्यलाई थप ठोस र अर्थपूर्ण रूपमा अगाडि बढाउन नेपाल पूर्ण रूपमा तयार रहेको बताए ।

भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री जयशङ्करले भारत र नेपालबीचको सम्बन्ध ‘बलियो जग’ मा आधारित अत्यन्त ‘विशेष’ रहेको बताएका छन् ।

पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र सङ्कट देखिएका बेला पनि भारतले नेपालका लागि इन्धनको आपूर्तिलाई निरन्तरता दिँदै त्यसको सुनिश्चितता गरेको स्मरण गराउँदै उनले भारत सधैँ नेपालको भरपर्दो साझेदार रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ७ : ३१ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा