अनधिकृत घुम्ति व्यापार गर्न नपाइने « Khabarhub

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकार भित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकार भित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनहरू मार्फत पूर्व स्वीकृति विना व्यापार व्यवसाय गरि रहेको गुनासो आएपछि कडाई गरिएको हो ।

हाल नगरपालिकाको पूर्व स्वीकृति नलिई बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेहरूमा अधिकांश भारतीय नागरिकहरू रहेको पाइएको छ । पूर्व स्वीकृति विना व्यापार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने अधिकृत बिष्टले स्पष्ट पारे ।

यसैगरी, नगरपालिकाले सडक क्षेत्रलाई सुरक्षित र जोखिममुक्त बनाउन विशेष कार्य अगाडि बढाएको छ । स्थानीय सडक, सडक किनारा तथा अन्य सार्वजनिक स्थानहरूमा पशु चौपाया बाँध्ने एवं बालुवा, गिट्टी, ढुङ्गा, काठ, इँटा, माटो लगायतका निर्माण सामग्री थुपार्ने कार्यलाई निरुत्साहित गर्न लागिएको छ ।

नगरपालिकाको पूर्व स्वीकृति विना सडकमा निर्माण सामग्री थुपार्ने र सडक खनेर क्षति पु¥याउने कार्यले सर्वसाधारण तथा सवारी साधनको आवतजावतमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिम बढेकाले यस्ता कार्य नगर्न आग्रह गरिएको छ । ‘सडक क्षेत्रमा अवरोध पु¥याउने वा क्षति गर्ने कार्य गरिएको पाइएमा नगरपालिकाको सडक मापदण्ड कार्यविधि २०७६ बमोजिम कारबाही गरिनेछ,’ प्रमुख प्रशासकीय अधिकृत बिष्टले भने ।

नगरपालिकाले सडक अतिक्रमण हटाउन, अनधिकृत व्यापार रोक्न र सर्वसाधारणलाई सचेत पार्नका लागि नगर प्रहरी समेत परिचालन गरी निरन्तर रूपमा अनुगमन तथा सचेतीकरण कार्य गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ११ : १६ बजे

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन