झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै « Khabarhub

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दाङ– स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुलले वरपरका जिल्लाका नागरिकलाई समेत अवलोकन गर्ने महत्त्वपूर्ण पर्यटक गन्तव्यका रुपमा परिचय बनाएको छ ।

चारैतिर हरियाली नजिकै चिटिक्क परेको गाउँबीचमा कलकल बगेको बबई नदीमाथिको झोलुङगे पुलमा त्यस वरपरको मनमोहक दृश्यावलोकन गर्नेको भीड नै लाग्न थालेको छ । 

त्यस क्षेत्रको अवलोकन गर्न टाढादेखि आउनेले सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छाया र पुलको आकर्षणले टिकटक बनाउने र फोटो खिच्नेहरू राम्रा दृश्य मोबाइल र क्यामेरामा कैद गर्न तँछाडमछाड गरेको देखिन्छ । 

उक्त पुल गत वर्षको गर्मीयामदेखि थप चर्चामा आएको हो । वरपरका सल्यान र रुकुम जिल्लाका नागरिक समेत ठूलो सङ्ख्यामा दृश्यावलोकनका लागि आउने गरेको पाइन्छ । 

त्यस क्षेत्रको अवलोकनमा रहेकी सल्यानकी शारदा केसी भन्छिन्, ‘सामाजिक सञ्जालमा यहाँको तस्बिर र भिडियो देखियो, दृश्य निकै राम्रो लाग्यो । वास्तवमा हेर्न आउन पर्ने खालकै रहेछ ।’ 

उनले बबई नदीमाथि वरपरको आकर्षक दृश्य देखिने पुललाई थप पर्यटकीय क्षेत्रका रुपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइन् ।

विसं २०७९ मा उक्त झोलुङ्गे पुल निर्माण भए पनि गत वर्षको गर्मीको समयमा पुल चर्चामा आएको पत्रकार  लक्ष्मण बस्नेत बताउँछन् । 

उनका अनुसार गत वैशाख र जेठ महिनाको गर्मी छल्न दैनिक एक हजारभन्दा बढी मानिस  पुल अवलोकन र शीतलता प्राप्त गर्न पुगेका थिए । 

हाल बर्सात सुरु भइसक्दासमेत दैनिक पाँचदेखि छ सयसम्म पुल हेर्न आउन गरेका छन् । तीन करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त पुलको लम्बाइ ४०० मिटर रहेको छ । 

पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको करविर चौधरीले बताउँछन् । उनका अनुसार दिउँसो वरपरको हरियाली र शीतलता प्राप्त हुने उक्त पुलबाट बिहान र बेलुका देखिने सुन्दर दृश्यले आगन्तुक पाहुनालाई टिकटक र तस्बिर खिच्ने वातावरण बनाइदिन्छ ।

स्थानीय सरकारले तुलसीपुर बजारदेखि करिब १२ किमी दक्षिण पश्चिममा पर्ने पुलको वरपरको क्षेत्रलाई थप व्यवस्थित तुल्याउन तथा उद्योगी व्यापारी समुदायले पर्यटकलाई सुविधा प्रदान गर्ने पूर्वाधारलगायतका संरचना विकास र विस्तार गर्न स्थानीयको सुझाव छ । रासस

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ११ : ५७ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा