‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक « Khabarhub

‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गोरखा– दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरू समेटिएको कृति विमोचन गरिएको छ । मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘गन्धर्व संस्कृति कर्खा’ नामक पुस्तक आइतबार विमोचन गरिएको हो ।

मङ्गलप्रसाद गन्धर्वद्वारा लेखिएको सो पुस्तक गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगरले विमोचन गरेका हुन् । सो पुस्तकका बारेमा गन्धर्व जातिको लोक संस्कृतिका शोधकर्ता प्रा डा कुसुमाकर न्यौपानले प्रकाश पारेका थिए ।

सो पुस्तकमा गन्धर्व जातिको उत्पत्ति, मनिराम गाइनेले नेपाल एकीकरणको समयमा पुर्याएको योगदान, पशुपतिनाथ, गोरखनाथ, मुक्तिनाथ, मनकामना, भैरवी देवीलगायत देवदेवीको मङ्गल, राग धनसिरा, वैशाखमा गाउने मल्हार राग, वसन्त राग, जेठमा गाउने राग, असारे राग, कलवाली राग, रामकली राग, सरुमै रागलगायतका विषयवस्तु पुस्तकमा समेटिएको छ ।

त्यस्तै दसैँमा गाउने मालश्री, कात्तिकमा गाउने चाँचरी, कृष्णलीला, निर्गुण, पृथ्वीनारायण शाहको, उजीरसिंह थापाको, सर्वजित रानाको, बुद्धिवल रानाको कर्खा, जङ्गबहादुर राणाको सवाई, चन्द्रशम्शेरको सवाई, गोरखा उदय गीत, दरबार हत्याकाण्डको, इराक घटनाको, जेनजी घटनाको सवाईलगायत विषयवस्तु पुस्तकमा समेटिएको छ । एक सय चार पृष्ठ रहेको सो पुस्तकमा गन्धर्वका ५५ वटा शीर्षकमा सांस्कृतिक विषयवस्तु सङ्ग्रहित छन् ।

बिसे नगर्चीका समकालीन मनिराम गाइनेले पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानमा सारङ्गी रेट्दै आर्थिक सङ्कलन गरेको तथा विभिन्न राज्यमा गएर त्यहाँको आन्तरिक सूचना पृथ्वीनारायण शाहमा पुर्याएर योगदान गरेको इतिहासमा उल्लेख छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ११ : ५२ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष