संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई « Khabarhub

संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत राख्दै आवश्यक अन्य विषयमा मात्र संशोधन गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले संविधान संशोधनका विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए।

‘संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौँ। संशोधनका विषयमा हामी गम्भीर हुनुपर्छ, अन्यथा समस्या उत्पन्न हुने खतरा रहन्छ,’ उनले भने।

अध्यक्ष राईले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेको प्रयासप्रति धन्यवाद व्यक्त गरे।

केही समयअघि महाकाली क्षेत्रको भ्रमण गरेको उल्लेख गर्दै उनले दार्चुला–टिङ्कर सडक निर्माणलाई तीव्रता दिन सरकारसँग आग्रह गरे। साथै अब राष्ट्रिय गौरवका आयोजना सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे।

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पुनःस्थापनाको व्यवस्था गर्न र उनीहरूलाई यथाशीघ्र जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष राईले आवश्यक पहल गर्न सुझाव दिए।

त्यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने माग गर्दै उनले स्वास्थ्य सेवालाई विकेन्द्रित बनाउन सरकारलाई आग्रह गरे।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ०४ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण