बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान « Khabarhub

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ । 

मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिउ ।

उन्का अनुसार भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसरमा ‘ट्यापिङ’का लागि क्यामरासहित खोर राखिएको छ । त्यस नजिकै बाँसझ्याङमा अर्को क्यामेरा जडान गरिएको छ । 

सोही क्रममा पोल्ट्री परिसरमा खोरमा परेको चितुवाको बच्चा उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ । डिभिजन कार्यालयका अनुसार, बच्चा खोरमा परेपछि क्यामरा ट्यापिङमा एक माउ र अर्को बच्चासँगै बाहिर बसेको देखिएको थियो । 

त्यस ठाउँको झाडी फाँडेपछि माउ  र बच्चा कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसर क्षेत्रमा गएको अनुमान छ । पछिल्लो समय क्याम्पस परिसरमा पनि खोर र क्यामराको व्यवस्थापन गरी नियमित अनुगमन गरिएको छ ।

 भरतपुर महानगरपालिका–११ स्थित आँपटारीमा विद्युत् ‘स्टेशन’ क्षेत्रमा केही दिन पहिले कर्मचारीले बाघ आएको सूचना दिएपछि क्यामरा जडान गरिएको छ । बाघले स्थानीयको बाख्रा खाएको थियो ।

बाघले बाख्रा खाएको सूचनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकाय र वन कार्यालयका कर्मचारीको टोलीले त्यस क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । टोलीले गरेको अनुगमनपछि कार्यालयको प्रवेशद्वार र भित्र क्यामरा जडान गरिएको छ । 

कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले तीन वटै ठाउँमा क्यामरा जडान र खोर राख्ने काम भएको बताए। त्यस क्षेत्रमा बाघ वा चितुवा खोरमा परेमा तत्काल उद्धार गरिने व्यवस्था मिलाइएको छ। 

यसैबीच, शारीरिक रुपमा कमजोर चितुवा र बाघले बच्चा हुर्काउने समयमा जंग्ल बाहिर जाने विज्ञहरूको भनाइ छ । जंगलभित्र अन्य जनावरबाट बच्चालाई आक्रमण हुन सक्ने भयले उनीहरु बाहिर गएको हुन सक्ने अनुमान छ । 

त्यस्ता हिंस्रक जनावरलाई जंगलभित्र सिकार गर्न गाह्रो भएपछि मानव बस्ती नजिक आई घरपालुवा जनावरको सिकार गर्ने गरेका घटना पाइएको छ ।
 

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ११ : ५८ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी