कांग्रेस पूर्वसभापति देउवा साउन २९ गते इतर पक्षको भेलामा सहभागी हुने « Khabarhub

कांग्रेस पूर्वसभापति देउवा साउन २९ गते इतर पक्षको भेलामा सहभागी हुने


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २८ गते कांग्रेस संस्थापन इतरले गर्न लागेको बेलामा पूर्वसभापति शेरबहादुर देउवा पनि उपस्थित हुने भएका छन् ।

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले साउन २९ देखि ३१ गतेसम्म गर्ने तयारी भएको भेलामा पूर्वसभापति देउवा पनि उपस्थित हुने जानकारी दिएका छन् ।

अहिले भेलाका लागि प्रतिवेदन लेख्ने काम गरिरहेका महतले भेलाका लागि २६ गते देउवा हङकङबाट नेपाल आइपुग्ने बताएका छन्। 

‘२९ गतेको भेलामा पूर्वसभापति देउवा दाइ पनि आइपुग्नुहुन्छ। उहाँ अहिलेसम्मको कार्यक्रममा २६ गते आइपुग्ने कार्यसूची छ’, महतले भने, ‘उक्त भेलामा धेरैभन्दा धेरै साथीहरूको सहभागिता हुन्छ।’

कांग्रेसमा देउवा पक्षले गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापति भएका गगन थापालाई सभापति स्वीकार गरेका छैनन् । 

गगन नेतृत्वमा पार्टीले नियमित १५ औँ महाधिवेशन थाल्ने तयारीमा लागिरहँदा संस्थापन इतरसमूह अहिलेसम्म एकजुट भएको छैन। 

दुवै पक्षका नेताहरू एकले आरोप अर्कालाई प्रत्यारोप लगाइरहेका छन् । जसका कारण कांग्रेस फुट्ने चिन्ता भएको छ।

पार्टी फुट्न लागेको हो भन्ने प्रश्न गर्दा महतले खबरहबलाई भने, ‘पार्टी एकजुट गर्ने प्रक्रियामै छौँ। देउवा दाइ पनि आउनुहुन्छ, त्यसपछि छलफल होला । अहिलेसम्म एकजुट गर्ने तयारीमा लागेका छौँ, तर गगनजीहरू लचिलो हुनुभएन ।’

२०८२ भदौ २३ र २४ को जेन-जी आन्दोलनमा सख्त घाइते भएका देउवा उपचारका लागि भन्दै गत फागुन १३ गते विदेश पलायन भएका थिए।

फागुन २१ को निर्वाचनमा पनि उनी नेपाल आएनन्। त्यसअघि असोजमा पनि उनीहरू विदेशिएका थिए । यस पटक दुवैजना दम्पति दुवैजना नेपाल आउन लागेका बताइएको छ।

२०८२ भदौ अगाडिको सरकारमा उनकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। आन्दोलनमा आरजु र देउवालाई आन्दोलनकारीहरूले आक्रमण गरेर नराम्रोसँग पिटे भने घर पनि जलाइदिए ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १ : ४५ बजे

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १

नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

कैलाली– नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी

म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक