कक्षा ८ पूरा गर्न नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिँदै कनकाई नगरपालिका « Khabarhub

कक्षा ८ पूरा गर्न नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिँदै कनकाई नगरपालिका


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय बाहिर रहेका १२५ जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ ।

विसं २०६३ असोज २ गतेपछि जन्मिएका र आधारभूत तह कक्षा ८ उत्तीर्ण गर्न नसकेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको हो ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को व्यवस्था कार्यान्वयन गर्दै नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गरी पढ्न छुटेका बालबालिकालाई पढ्न आउन अनुरोध गरेको छ ।

वडा नं ६ मा २९, वडा नं ४ मा १९, वडा नं २ मा १७, वडा नं ५ मा १७, वडा नं ३ मा १६, वडा नं ९ मा १४, वडा नं ८ मा १०, वडा नं १ मा आठ र वडा नं ७ मा सात जना गरी कुल १३७ बालबालिका कक्षा ८ पूरा नगरी विद्यालय बाहिर रहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १ : ५२ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी