एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि « Khabarhub

एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको छ ।  

सिंहदरबारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरूले पाउने स्वकीयको मापदण्ड लगायतका कार्यविधि निर्माण गरेर पारित गरेको हो ।

त्यस्तै संसदमा छलफलका क्रममा रहेका विधेयकहरूलाई परिमार्जन र प्रभावकारी बनाउन गहन अध्ययन, विशेषज्ञहरूसँग छलफल र संशोधन प्रस्तावमा भाग लिने कुरामा जोड समेत दिइएको एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।

सरकारले ल्याएका विधेयकहरू सोही रूपमा पास गर्दा भविष्यमा जोखिम वा खतरा देखिने भएकाले त्यसलाई परिष्कृत बनाउनुपर्ने उनले बताए । 

त्यस्तै सरकारले विद्यार्थीहरूलाई सैन्य तालिम दिने जस्ता असान्दर्भिक विषय ल्याउनुको सट्टा जनताका वास्तविक जनजीविका र कानुन निर्माणका मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने अर्यालले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  २ : ०२ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी