नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक « Khabarhub

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी बनाउन ‘नेपालको प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ । 

बोर्डले पुँजी बजारको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र भविष्यको मार्गचित्र समेटेर तयार पारेको यस दस्ताबेजले प्राथमिक बजारमा गुणात्मक रूपान्तरण ल्याउने लक्ष्य राखेको छ ।

विसं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले साधारण सेयर बिक्री गरेबाट नेपालको पुँजी बजारले यात्रा सुरु गरेको थियो । बोर्डका अनुसार आर्थिक वर्ष २०५०र५१ देखि २०८३ असार मसान्तसम्ममा प्राथमिक बजारमार्फत ७ खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी पुँजी परिचालनका लागि स्वीकृति दिइएको छ ।

तथ्याङ्कअनुसार हालसम्म ८० लाख ११ हजार हितग्राही खाता र ७० लाख ८० हजार भन्दा बढी ‘मेरो शेयर’ खाता सञ्चालनमा रहेका छन् । यो कुल जनसंख्याको करिब २६ प्रतिशत सहभागिता हो ।

श्वेतपत्रले हालको सार्वजनिक निष्कासन प्रणालीमा केही गम्भीर संरचनागत कमजोरीहरू औँल्याएको छ । जसमा आईपीओमा हुने अत्यधिक माग, गोलाप्रथा बाट शेयर बाँडफाँट गर्नुपर्ने बाध्यता र निश्चित मूल्य प्रणालीका कारण बजारमा आधारित मूल्य अन्वेषण हुन नसक्नु प्रमुख रहेका छन् ।

पुँजी बजार अझै पनि व्यक्तिगत लगानीकर्तामा बढी निर्भर रहेको र संस्थागत लगानीकर्ताको भूमिका कमजोर रहेको निष्कर्ष बोर्डको छ । यसलाई सुधार गर्न ‘योग्य संस्थागत लगानीकर्ता’ र ‘एङ्कर लगानीकर्ता’ को प्रभावकारी सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

बोर्डले आगामी दिनमा कार्यान्वयन गर्ने गरी विभिन्न रणनीतिक सुधारहरू प्रस्ताव गरेको छ

१. बुक बिल्डिङ प्रणालीको सुदृढीकरण : सार्वजनिक निष्कासनमा वैज्ञानिक मूल्य निर्धारणका लागि बुक बिल्डिङलाई थप पारदर्शी र प्रभावकारी बनाइनेछ ।
२. एङ्कर लगानीकर्ता : ठूला निष्कासनमा आत्मविश्वास जगाउन निष्कासन खुल्नुअघि नै निश्चित अवधिका लागि लगानी प्रतिबद्धता जनाउने योग्य संस्थागत लगानीकर्ताको व्यवस्था गरिनेछ ।
३. डिजिटल आइपिओ इकोसिस्टम : ‘इन्ड-टु-इन्ड’ डिजिटल आइपिओ प्रणाली, ई-केवाइसी, र विद्युतीय विवरणपत्रको पूर्ण कार्यान्वयन गरिनेछ ।
४. नियमनमा परिवर्तन : हालको ‘दस्ताबेजमा आधारित’ नियमनलाई परिवर्तन गरी ‘जोखिममा आधारितु र ‘सूचना प्रवाहमा आधारित’ नियमन प्रणाली अपनाइनेछ ।
५. क्षेत्रगत योग्यता : जलविद्युत, पूर्वाधार र स्टार्टअप जस्ता फरक प्रकृतिका कम्पनीका लागि छुट्टाछुट्टै निष्कासन योग्यता मापदण्ड तयार गरिनेछ ।

कार्यान्वयनको मार्गचित्र

साथै, श्वेतपत्रले सुधारका कार्यहरूलाई तीन चरणमा विभाजन गरेको छ । पहिलो चरण १ वर्षमा विद्यमान ऐन, नियमावली र निर्देशिकाको पुनरावलोकन तथा कानूनी संशोधन गर्ने, दोस्रो चरणमा २ वर्षभित्रमा डिजिटल आइपिओ प्लेटफर्म विस्तार, ई-केवाइसी एकीकरण र संस्थागत क्षमता सुदृढीकरण गर्ने र तेस्रो चरणमा ५ वर्ष भित्रमा पूर्ण बजार आधारित मूल्य निर्धारण, विदेशी संस्थागत लगानीकर्ताको सहभागिता र उन्नत बजार विकास गर्ने स्वेतपत्रमा उल्लेख छ ।

बोर्डले सन् २०३५ सम्ममा नेपालको प्राथमिक बजारलाई अन्तर्राष्ट्रिय असल अभ्यासअनुरूप सञ्चालन हुने गरी विकास गर्ने ‘प्राथमिक बजारको दीर्घकालीन विकास भिजन’ अघि सारेको छ । यस भिजनले राष्ट्रिय बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गरी देशको दिगो आर्थिक वृद्धिमा योगदान पुऱ्याउने लक्ष्य राखेको छ ।

बोर्डले यो श्वेतपत्र केवल आइपिओ प्रक्रिया परिवर्तनका लागि मात्र नभई, नेपालको वित्तीय प्रणालीलाई सन्तुलित र आधुनिक बनाउने रणनीतिक वित्तीय पूर्वाधारको रूपमा विकास गर्न ल्याएको दाबी गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  २ : ३३ बजे

म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक

भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने

मानव-वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन ‘हात्ती सेन्चुरी’ कार्यक्रम : मन्त्री चौधरी

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर