दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन « Khabarhub

दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरवारमा शुक्रबार बसेको समिति बैठकले कर्णाली, सुदूरपश्चिम र दुर्गम क्षेत्रः केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेका कर्णाली, सुदूरपश्चिम र अन्य दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले ठेक्का सम्झौता हुनुअघि नै विद्युतका पोल तथा अन्य संरचना कहाँ र कहिले स्थानान्तरण गर्ने भन्ने स्पष्ट कार्ययोजना, समयसीमा र बजेट निर्धारण गर्न समेत निर्देशन दिएको छ भने सडक ठेक्का र विद्युत् संरचना स्थानान्तरणलाई छुट्टाछुट्टै नराखी सडक विभाग र विद्युत् प्राधिकरणले एकीकृत रूपमा काम गर्न समेत निर्देशन दिएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए ।

त्यस्तै बैठकले सडक चौडाइ विस्तार र निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने स्थिति आउन नदिन अन्तिम डिजाइन र विद्युत् संरचनाको स्थान निर्धारणबीच समन्वय गर्न पनि निर्दैशन दिएको छ भने बारम्बार बत्ती जाने र विद्युत् आपूर्तिमा अवरोध हुने क्षेत्रको पहिचान गर्दै आवश्यकता अनुसार ट्रान्सफर्मर थप गर्ने, फिडर उपलब्ध गराउन र पुराना संरचना सुधार गर्न निर्देशन दिएको सभापति गजुरेलले बताए । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनप्रतिनिधिको समन्वयमा आयोजनाहरू सञ्चालन गर्न र कार्यक्रम वर्गीकरण गर्न कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिए । मन्त्रालयको सिँचाइतर्फको अधिकार÷विषय प्रदेश र जिल्ला सिँचाइ कार्यालयहरूमा गइसकेको उनले बताए । 

उनले आम नागरिकलाई प्राविधिक वा नीतिगत विषयभन्दा पनि नियमित विद्युत्को विषय सरोकार हुने भएकाले विद्युत् आपूर्ति, माग र ट्रान्समिसन लाइनमा विशेष ध्यान दिइएको उल्लेख गरे । 

उनले विद्युत्को माग वार्षिक औसत १५ प्रतिशतले बढेको भएपनि सोही अनुपातमा वितरण प्रणाली र संरचनाहरूको विस्तार हुन नसकेको बताए । 

यस वर्ष सरकार र मन्त्रालयले ट्रान्समिसन लाइन  र वितरण प्रणालीको स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले विगतमा खरिद प्रक्रिया ढिलो भएकाले हाल ट्रान्सफर्मरको केही अभाव रहेको भन्दै मिटरसम्बन्धी गुनासाहरू भने क्रमिक रूपमा घट्दै गएको जानकारी दिए । 

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  २ : ५१ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार