प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग « Khabarhub

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन रुलिङको माग गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दुलालले नियमावली अनुसार सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी गराउन सभामुखबाट रुलिङको माग गरे ।

साथै उनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । त्यसलाई रेकर्डबाट हटाउन, स्पष्टीकरण दिन वा सभामुखबाट रुलिङ गर्न उनले पुनः माग गरे । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका दल नेता तथा प्रधानमन्त्रीले संसद्को नियम र मर्यादा पालना गर्नमा उदाहरण प्रस्तुत गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ३ : ०८ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी